कृषकले एउटै जमिनलाई लामो समयसम्म नर्सरीको रुपमा प्रयोग गर्ने प्रथाले पनि रोग कीराको प्रकोप बढाउनुको साथै बेर्नाको गुणस्तरमा ह्रास आई उत्पादन र गुणस्तरमा गिरावट आइरहेको छ ।
यस्तो परिस्थितिमा परम्परागत बेर्ना उत्पादनको विकल्पको खोजी विगतदेखि नै भइरहेको छ । यसको बिकल्प भनेको पछिल्लो समय प्रचलनमा आएको प्लास्टिकको ट्रेमा बेर्ना उत्पादन प्रविधि हो।
कोकोपिट जुन नरिवलको जटा लाई क्रसिंग गरेर बनाइएको हुन्छ त्यसको एक भाग परलाइट र एक भाग कम्पोस्ट मल वा भर्मी कुलेट मिसाएर ट्रे को प्वालमा भरेर बेर्ना उत्पादन गरिने यो प्रविधिका विभिन्न फाइदा रहेका छन्। जुन निम्नानुसार छन्ः
१.बीउको उमार प्रतिशतमा वृद्धि हुने
२. तरकारी उत्पादनमा १६ देखि २१ प्रतिशत सम्म वृद्धि हुने ।
३. पानीको राम्रो निकास हुने हुँदा ढुसी जन्य रोगको प्रकोपबाट बचाउन सकिने ।
४. बाख्राको मल स्थानीय स्तरमा सजिलै उपलब्ध हुने हु“दा आर्थिक दृष्टिकोणले किफायती हुने ।
५.स्वस्थ बेर्नाको उत्पादन गर्न सकिने ।
६. बेर्नाको वृद्धि मिडिया जरामा मल वा मिडिया टँ“सिरहने हु“दा विरुवा रोप्दा लाग्ने तनावमा कमी भई उत्पादन गर्न लाग्ने समय घटाउन सकिने
७.उत्पादनमा वृद्धि हुने र बालीमा रोग कीराको प्रकोप कम हुने ।
८ं तरकारी वेर्ना उत्पादनका ठूला समस्याहरु जस्तै जरा कुहिने रोग, जुका, खुम्रे र फेद कटुवा कीराको प्रकोपबाट बचाउन सकिने ।
९ं माटोमा घुलनसिल मल तथा सूक्ष्म तत्वहरुको प्रयोग सजिलै गर्न सकिने ।
१०.जैविक ढुसीनाशक विषादीहरु जस्तै ट्राइकोडर्मा आदिको प्रयोगले विरुवालाई रोगबाट बचाउन सकिने ।
११. प्लाष्टिक ट्रेलाई जाली घरभित्र राखी विरुवा उत्पादन गरिने हुँदा बालीलाई भाइरसको प्रकोपबाट बचाउन सकिने ।
१२. सिंचाईको लागि पानीको प्रयोगको किफायत हुने । सिंचाईगर्नमा सहजता हुने ।
राजेन्द्र देवकोटा