गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए।
यी मध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए। परिक्षामा सम्मिलीत मध्ये १० हजार २ सय जनामात्र जान पाउने भएपनि समान अंक ल्याउनेहरुको संख्या धेरै भएकोले १२ हजार १ सय आठ जना उत्तीर्ण भएका छन्।
यसमध्ये १ हजार ९ सय ८ जना पास भएर पनि जान नपाउने भएका छन्। समान अंक ल्याउनेहरुमध्ये कसलाई कसरी छनौट गर्ने भनेर आजसम्म कुनै पनि जानकारी भने दिइएको छैन।
विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली स्किल टेष्टको नियम हटेको शाखा अधिकृत भण्डारीले जानकारी दिए।
गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।
परीक्षाको समयमा कोरियाबाट ५५ जना परीक्षा सञ्चालक टोलीसमेत नेपाल आएको थियो।
कोको पास भए?