सामाजिक सुरक्षाकोषले योगदानकर्ताको सुविधाकालागि ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ।
योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो।
सम्झौता भएका अस्पतालबाट सेवालिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।
अनलाइन सेवा सञ्चालनभएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका दुई र लुम्बिनी प्रदेशका चार वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा दिनेछन्।
२०७९ फागुन १ यतादेशभरका विभिन्न १५ वटा स्थानमा अनलाइन (लाइभ) सम्झौताभएका ४४ अस्पतालबाट मात्र औषधि उपचार बापतको सुविधा भुक्तानी हुनेछ।
त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्ने हुन्छ। आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ।
यी हुन सम्झौता भएका ४४ अस्पताल
१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल-बिर्तामोड
२. बिएन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल-बिर्तामोड
३. पशुपति मोडेल हस्पिटल-इटहरी
४. हाम्रो अस्पताल- विराटनगर
५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकी सिनुवारी
६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल-विराटनगर
७. मोरङ सहकारी अस्पताल-सोमबारे हाट, विराटनगर
८. ओखलढुंगा सामुदायिक अस्पताल
९. रामलाल गोल्छा आँखा अस्पताल-विराटनगर
१०. नेसनल मेडिकल कलेज- वीरगन्ज
११. वीरगन्ज हेल्थ केयर अस्पताल- वीरगन्ज
१२. गण्डक अस्पताल- वीरगन्ज
१३. स्पर्स अस्पताल- वीरगन्ज
१४. किरण आँखा अस्पताल- वीरगन्ज
१५. नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही
१६. जानकी हेल्थ केयर- जनकपुर
१७. छिन्नमस्ता अस्पताल- राजविराज
१८. शुभ स्वस्तिक अस्पताल- बर्दिबास
१९. वीर अस्पताल
२०.त्रिवि शिक्षण अस्पताल- महाराजगन्ज
२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- काठमाडौं
२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- काठमाडौं
२३. काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल
२४. ने.अ.सं. नेपालअर्थोपेडिक अस्पताल- जोरपाटी
२५. तिलगंगा आँखा अस्पताल
२६. दृष्टि आई केयर- कलंकी
२७. एभरेस्ट अस्पताल- नयाँ बानेश्वर
२८. होप अस्पताल- सिनामंगल
२९. शंकरापुर अस्पताल- गोकर्णेश्वर
३०.पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे
३१.फ्रन्टलाइन हस्पिटल- पुरानोबानेश्वर
३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर
३३. शिर मेमोरियल अस्पताल- बनेपा
३४. कलेजअफ मेडिकल साइन्सेस- भरतपुर
३५. चितवन मेडिकलकलेज टिचिङ हस्पिटल- भरतपुर
३६. मकवानपुर सहकारी अस्पताल- हेटौंडा
३७. चुरेहिल अस्पताल- हेटौंडा
३८. काठमाडौं क्यान्सर सेन्टर- भक्तपुर
३९. चरक मेमोरियल अस्पताल- पोखरा
४०.ग्यालेक्सी अस्पताल- पोखरा
४१. लर्डबुद्ध एजुकेसनल एकडेमी(नेपालगन्ज मेडिकल कलेज)- कोहलपुर
४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)
४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा
४४. गौतमबुद्ध मुटु अस्पताल- बुटवल
कोषबाट पाइन्छन् यस्ता सुविधा
औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना
- योगदानकर्ता वानिजको पति या पत्नीको हरेक आर्थिक वर्ष एक लाख रुपैयाँसम्मको उपचार खर्च।
- तीन महिनासम्मको शिशुको उपचार खर्च।
- १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च।
- योगदानकर्ता वा योगदानकर्ताकीपत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल १५ हजार रूपैयाँ बराबरको शिशु स्याहार खर्च।
- महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदा बापतको रकम।
- योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदा वापतको रकम।
दुर्घटना तथा अशक्तता सुरक्षा योजना
- कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च।
- अन्य दुर्घटनाको हकमावार्षिक सातलाख रुपैयाँसम्मको उपचार खर्च।
- कामको सिलसिलामाहुने दुर्घटनाको कारण योगदानकर्ता अशक्तभएमा।
- स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन। (मुद्रास्फीति समायोजनको व्यवस्था)
- अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेल सम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत।
- स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शत प्रतिशत मानेर आजीवन।(मुद्रास्फीति समायोजनको व्यवस्था)
आश्रित परिवार सुरक्षा योजना
- योगदाकर्ताको जुनसुकै कारणबाट मृत्युभएमानिजको पति यापत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्माभएको सम्पूर्ण रकम प्रतिफल सहित फिर्ता पाउने।
- मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने। अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हदलागू नहुने। योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन। (मुद्रास्फीति समायोजनको व्यवस्था)
- अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने।
- योगदानकर्ताको अन्तिम संस्कार खर्च बापत एकमुष्ठ २५ हजार रूपैयाँ आश्रित परिवारले पाउने।
वृद्ध अवस्था सुरक्षा योजना
- निवृत्तभरण योजना: योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण।(मुद्रास्फीति समायोजनको व्यवस्था)निवृत्तभरण लिन सुरू गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरण बापत पाउने।
- अवकास सुविधा योजना:अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने। योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्नसक्ने। सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने। रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने।योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने।