वैदेशिक रोजगारीको लागि विदेश जाने नेपालीहरु चरम शोषणमा पर्ने गरेको पाइएको छ। व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गरेको स्थलत अध्ययनको क्रममा सरकारी अधिकारी, मेनपावर व्यववसायी तथा विदेशी एजेन्टहरुको संलग्नतामा नेपालीहरुको आर्थिक शोषण गर्ने तथा विदेशमा लिएर बिचल्ली पार्ने गरेको पाइएको हो।
गएको मंसिरमा समितिले साउदी, कतार, कुवेत र दबईमा कार्यररत नेपालीहरुको अवस्था बुझ्नलाई एउटा उपसमिति बनाएर स्थलगत गरेको थियो। तत्कालिन समितिका सभापति प्रभु साहको संयोजकत्वमा गएको उक्त सतिको प्रदिवेदनमा नेपालीहरुलाई नेपालबाटै ठग्न सुरु गरिने उल्लेख गरिएको छ।
सरकारले ल्याएको निशुल्क भिष तथा टिकट कतै पनि लागू नभएको भेटिएका जति कामदारले तोकेभन्दा बढी रुपैयाँ तिरेर गएको, नेपालमा भनेजति तलब तथा काम नपाएको, विदेशमा खान बस्न तथा काम सन्तोषजनक नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
समितिले कार्यस्थलमै गएर भेटेका पचासजना भन्दा कामदारहरुले न्यूनतम पचास हजार बढीमा ९ लाख रुपैयाँसम्म तिरेर विदेश पुगेको उक्त अध्ययन उपसतिले बताएको छ।
दुबईमा सुरक्षा गार्डको लागि भनेर गएका एक नेपालीले ९ लाख रुपैयाँ तिरेर गएपनि तीन महिनासम्म काम नपाएको र पछि गएर मासिक २८ हजार रुपैयाँमा काम गरिररहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालका म्यानपावर व्यवसायीहरु विदेश जान चाहने जति धेरै युवा त्यति धेरै पैसा असुल गर्न उद्दत रहेको पाइएको सांसदहरुको निष्कर्ष छ।
नेपालबाटै ठगिएर गएका नेपाली विदेशमा बिचल्ली पर्दा पनि त्यहाँ रहेको नेपाली दुतावासहरुले उद्दारको प्रभावकारी पहल नगरेको उक्त अध्ययन उपसतिको निष्कर्ष रहेको छ।