नेपाल प्रहरीमा जनपथ समूहतर्फ ११७२ जनालाई जागिर खुलेको छ। रिक्त प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार आवेदन माग गरिएको हो। इच्छुक नेपाली नागरिकले १० रुपैयाँको टिकट टाँसी स्वयम् उपस्थित भई दरखास्त दिनुपर्नेछ।
भदौ ४ देखि असोज २ गतेसम्म पदअनुसार तोकिएका क्षेत्रमा आवेदन बुझाउनुपर्दछ।
प्रहरी निरीक्षक पदमा जम्मा ९१, प्रहरी सहायक निरीक्षकमा ३१४ र प्रहरी जवानमा ७६७ जना माग गरिएको छ। माग गरिएका ति पदहरुमा खुला, अशक्त प्रहरी परिवार, आदिबासी, मधेसी, महिला, दलित र पिछडिएका क्षेत्रका लागि सिट सुरक्षित गरिएको छ।
दरखास्त दिनेले नेपाली नागरिकताको प्रतिलिपी, हालै खिचिएको ५ पिपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलीपी, आरक्षणका लागि प्रमाणित प्रतिलिपी पनि प्रहरी प्रधान कार्यालयमा बुझाउनुपर्दछ।
कहाँ कहाँबाट दिने आवेदन, योग्यता के के चाहिन्छ ?