उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे निर्वाचन आयोगले आइतबारका लागि समय दिएको छ।
एक संघीय क्षेत्र र चार प्रदेशसभा क्षेत्रका लागि कात्तिक २१ गते मनोनयन दर्ता भएको थियो।आयोगका अनुसार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन सकिनेछ।
आइतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ। आयोगको कार्यतालिका अनुसार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म नामावली प्रकाशन गर्ने समय तोकिएको हो।
आयोगले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेपछि दाबी विरोधका लागि समय दिएकोमा कहीँ पनि उजुरी परेको छैन।
आयोगले स्थानीय तहमा रिक्त पदका लागि उम्मेदवारी दर्ता गर्न कात्तिक २७ गते समय दिएको छ। मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।