केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नेपाली कांग्रेसले उपनिर्वाचन अनुगमन समिति बनाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार निर्वाचनलाई धाँधलीरहित बनाउनका लागि लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन समन्वय समिति बनाइएको हो।
समितिको सदस्यमा सीता गुरूङ, दिपक आचार्य, सिताराम केसी, तेज रावल र केशव रिजाल रहेको उनले जानकारी दिए। समितिले मुख्यगरी आचारसंहिता पालना भएरनभएको हेर्नेछ।