नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपाको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन्।
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
संवैधानिक परिषद्मा सरकारले आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, सरकारले अख्तियारलाई शाही आयोग बनाउँदैछ।’
हरेक निकायलाई आफु अनुकुल बनाई शाही आयोग बनाउने खोजे पनि त्यो अभिष्ट पूरा हुन नदिने बताए।
'सरकारको इशारामा नचल्ने सबैलाई दुख दिन थालेको अभाष भएको छ। यस्ता प्रजातन्त्र विरोधी कार्यको कांग्रेस डटेर विरोध गर्छ', उनले भने।
त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु श्रमिक आन्दोलनबाट सत्तामा पुग्ने र सत्तामा पुगेपछि श्रमिकलाई नै दुख दिने भएकोले नेपालमा पनि सरकार श्रमिक विरोधी हुन खोजेको आरोप लगाए।