फिदिमनगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन्।
भट्टराई ४७४ मत अन्तरले विजयी भएका हुन्।
कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा एक हजार ४४६ मत प्राप्त गरी भट्टराई विजयी हुन्।
नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाए। यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो। त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित भएका थिए।
त्यस्तै, हिलिहाङ गाउँपालिका–७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन्। उनले ८४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गरेका हुन्।
कुल दुई हजार ६०० मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६९३ मत खसेको थियो।