क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्
ताजा मतमरिणाम अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेलले १० हजार ३ सय ९५ मत प्राप्त गरेका छन् भने उनका निकटत्तम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले ७ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्।
नेकाका भँडेलले नेकपाका ढकालभन्दा २ हजार ४ सय ३६ मतले अगाडि रहेका छन्।
त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले २ हजार २ सय ४७ मत पाएका छन्।