एक्जिट पोलले बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने देखाएको छ।
एक्जिट पोलले कन्जर्भेटिभ पार्टीले ३६८ स्थानमा जित्ने देखाएको हो।
यो नतिजा यसअघि सन् २०१७ मा सम्पन्न चुनाव भन्दा ५० स्थानले बढी हो।
एक्जिट पोलका अनुसार लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट प्राप्त गर्ने देखिएको छ।
सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखाएको छ।
यस्तै एक्जिट पोलले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ।
यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ।
लेबरहरूले यस निर्वाचनमा ७१ सिट गुमाउने देखिएको छ। निर्वाचनको अन्तिम नतिजा शुक्रवार मध्यान्हसम्ममा आइसक्ने जनाइएको छ।
(बिबिसी)