पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
समाजवादी पार्टीका प्रवक्ता विश्वदीप पाण्डेले भट्टराई बुधबार राती ढाड दुखेपछि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन्।
चिकित्सकको सल्लाह अनुसार राति अस्पतालमै बसेका भट्टराईको एन्जियोग्राम लगायतका परीक्षण रिपोर्टहरू सबै सामान्य देखिएकाले आज डिस्चार्ज हुने जानकारी पाण्डेले आफ्नो फेसबुकमार्फत दिएका छन्।