स्वास्थ्य मन्त्रालय र 'इनफ इज इनफ' अभियानका समूहबीच १२ बुदें सहमति भएपछि ईशान ई र पुकार बमले अनशन तोडेका छन्।
१२ दिन देखि ई र पुकार बम कोरोना भाइरस महामारीको सबल व्यवस्थापनको माग राख्दै पाटन दरबार स्क्वायरमा अनशनमा बसेका थिए।
बिहीबार औपचारिक रूपमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसमक्ष अभियन्ताहरूले आफ्ना माग पेश गरेका थिए।
सोही दिनदेखि स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूबीच पटकपटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन।
अनशनरत ईशान ई र पुकार बमको स्वास्थ्य अवस्था पनि बिग्रिंदै गएपछि ह्याम्स अस्पताल लगिएको थियो। उनीहरूले आफ्नो अनशनलाई अस्पतालबाट नै निरन्तरता दिएका थिए।
सोमबार मन्त्रालयमा भएको वार्तामा दुबै पक्षबीच १२ बुदें सहमति भएको इनफ इज इनफ समुहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै त्यस आरडिटी परीक्षणलाई पनि स्थगित गर्ने समेत सहमति भएको छ।
कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै एक महिना अघि बालुवाटारमा प्रदर्शन गर्दै 'इनफ इज इनफ' अभियान सुरू भएको थियो।
विभिन्न ठाँउमा प्रदर्शन गरिएपनि सरकारले बेवास्ता गरेको भन्दै ईशान ई आफ्ना माग पूरा गराउन अनशनमा बसेका थिए।
उनकै समर्थनमा सुवानी सिजापति, सुजन गुरूङ लगायत अनशनमा बसेका थिए।