गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।
उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।
बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन।
बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए।
'खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन', उनले भने।
निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन्। सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन्।
(राससका लागिदेवराज सुवेदी)