सरकारले सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
आर्थिक अनियमिततामा मुछिनुका साथै समयमा अधिवेशन गर्न नसकेको भन्दै थापा नेतृत्वको कार्यसमिति भंग गरेको महिला बालबालिका मन्त्री पार्वत गुरुङका प्रेस संयोजक सन्तोष खड्काले सेतोपाटीलाई बताए।
सरकारले डा. नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।