काठमाडौँ, असोज ५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा आइतबार युएईका राजदूत नाब्बीसँग भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा युएई सरकार र व्यवसायीहरूलाई लगानी गर्न अनुरोध गरेका हुन्।
मन्त्री भट्टराईले कोभिड–१९ महामारीका समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे।
राजदूत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका छन्।
सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी दिएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ।
(रासस)