कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लागि सुर्खेत लगिएको छ।
शनिबार साँझ साढे ५ः०० बजेतिर सुर्खेत लगिएको हो।
कर्णाली प्रदेश सरकारले सुरू गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए।
सिमकोटबाट गाडीमा जाएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो।
उनले चढेको घोडा तर्सिंदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिए। रासस