नेपाली कांग्रेसले आह्वान गरेको बैठक सुरू भएको छ। संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न तीन दलको बैठक सुरू भएको छ।
तीन दलको बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र जनता-समाजवादी पार्टीका नेताहरू छन्।
बैठकमा कांग्रेसका शीर्ष नेता, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल,
नारायणकाजी श्रेष्ठ र जनता समाजवादीका उपेन्द्र यादव र बाबुराम भट्टराईबाहेकका नेता रहेको बताइएको छ।