प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ।
शुक्रबार बिहान उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहित नेताहरू माइतीघरमा सडकमै बसेका थिए।
उनीहरूले छातीमा 'हामी यहाँ छौं' लेखिएको कागज टासेका थिए।
माइतीघरको प्रदर्शन सकेर उनीहरू अहिले निर्वाचन आयोगतिर लागेका छन्। उनीहरूले 'हामी अरू जान्दैनौं, संसद विघटन मान्दैनौं' को नारा लगाइरहेका छन्।
प्रचण्ड र नेपाल आजै सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ।