गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताएका छन्।
नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका उनले स्याङ्जा आएर मंगलबार पछिल्लो समय पार्टीभित्र देखिएको विवादले सिंगो नेकपा चिन्तित रहेको बताए।
उनी जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणका लागि स्याङ्जा आएका छन्।
‘अहिलेको अवस्थाले सिंगो नेकपा चिन्तित छ। पार्टीलाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान छ,’ उनले भने, ‘नेताहरूले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारे।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्र आन्तरिक विवाद छ।
ओली र प्रचण्ड-नेपाल समूहले अहिले नेकपाका छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्।
(राससको सहयोगमा)