राष्ट्रिय सभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दीगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो।
बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए। राष्ट्रिय सभाको अर्काे बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ।