विवेकशील पार्टीले संसद विघटनविरूद्ध शुक्रबार ऐना देखाएर प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयका विरूद्धमा विवेकशीलले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा ऐनासहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा विवेकशील पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो।