चीनले ब्रिट्रिस नेशनल ओभरसिज (बिएनओ) पासपोर्टलाई जनवरी १ देखि यात्राका लागि प्रमाणित कागजात नमान्ने भएको छ।
बेलायतले हङकङमा रहेका लाखौं बिएनओ पासपोर्टधारीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिने कार्यक्रमको सुरू गर्न लागेकै दिनदेखि बेइजिङले उक्त कागजात बोकेर यात्रा गर्न नपाइने बताएको हो।
शुक्रबारको पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने- बेलायतले ठूलो संख्यामा हङकङका नागरिकलाई आफ्नो देशमा दोस्रो दर्जाको नागरिक बनाउन खोज्दै छ। यसले बिएनओको सुरूको स्वरूपलाई पूरै परिवर्तन गरिदिन्छ।
गत वर्ष बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लगाएपछि बेलायतले आफ्नो पहिलाको भूमि हङकङका ३० लाख मानिसलाई बेलायतमा बसोबासको सुविधा दिने निर्णय गरेको थियो।
यो निर्णयअनुसार बिएनओ पासपोर्ट भएका हङकङवासीले पाँच वर्षसम्म बेलायतमा काम र पढाइ गर्न पाउँछन् भने त्यसपछि नागरिकताका लागि आवेदन दिन सक्नेछन्।
सन् १९८७ को ब्रिट्रिस कानुनअनुसार बिएनओ पासपोर्टको व्यवस्था गरिएको थियो।
बेलायतले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेको थियो।