अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ।
अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग दोस्रो पटक असफल भएको हो।
सिनेटमा शनिबार भएको मतदानमा महाअभियोग पारित गर्ने पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो। महाअभियोग पारित हुन पक्षमा ६७ मत आवश्यक पर्थ्यो।
पार्टीगत रूपमा सिनेटरहरूले पक्ष र विपक्षमा मतदान गरेका भए पनि सात जना रिपब्लिकन सिनेटरले पनि महाअभियोग पारित गर्ने पक्षमा मत हालेका थिए।
जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन सघाएको भन्दै ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो।
यसअघि पनि उनीविरूद्ध आएको महाअभियोग सिनेटबाट अस्वीकृत भएको थियो।
महाअभियोग असफल भएसँगै ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न पाउने भएका छन्।