पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरू जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले दलहरूले आ-आफ्नो भूमिका महत्वपूर्ण ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए।
यादवले भने, ‘दलहरूलाई नेपाली जनताले हेरिरहेका छन्।’
उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे।
उनले थपे, ‘म आशा गर्छु, राजनीतिक दलहरूले आ-आफ्नो कर्तव्य निर्वाह गर्ने छन्।’
देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको यादवले बताए।
उनले भने, ‘हामी लोकतन्त्रमा छौं। यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। सर्वाेच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ। सबै संविधानको मर्मअनुसार चलौं।’रासस