संसदीय मामिला पत्रकार समाजको आगामी कार्यकालका लागि सेतोपाटीकर्मी सन्जिब बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
समाजको आज सम्पन्न निर्वाचनले उपसभापतिमा डिपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरेको हो।
समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्ष कार्यकालका लागि निर्वाचित भएका छन्।
संसद र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने र तस्बीर खिच्ने पत्रकारको साझा थलोका रूपमा समाज रही आएको छ।
उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ जना पत्रकार सदस्य कायम छन्।