नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन्।
संसदीय दलको बैठकले नेता जमरकट्टेललाई नेता चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले बताए।
संसदीय दलको नेता चयन गर्न सोमबार बैठक बसेको थियो।
यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन्।
संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ।
(रासस)