भारतीय राष्ट्रिय कंग्रेसका सदस्य तथा लोक सभाका सासंद राहुल गान्धीमा कोरोनाभाइरसको संक्रमण भएको छ।
गान्धीले मंगलबार ट्विटरमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका हुन्। उनले कोरोनाका लक्षण देखिएपछि जचाँउदा कोरोना पुष्टि भएको बताएका छन्।
उनले पछिल्लो समय आफूसँग सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित रहन आग्रह गरेका छन्।