प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गरिरहेको नेपाल विद्यार्थी संघले आज काठमाडौंको पुतलीसडकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाको नेतृत्वमा पुतलीसडकमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको हो।
नेविसंघ शंकरदेव क्याम्पस इकाइको आयोजनामा पुत्ला दहन गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिए।
नेविसंघले प्रतिनिधि सभा विघटनविरूद्ध राँके जुलुस, प्रदर्शन र पुत्ला दहनलगायत विरोधका कार्यक्रम गरिरहेको छ।
तस्बिरहरू: