इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्। ९० प्रतिशत मत गणना भइसक्दा इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहेका राइसी राष्ट्रपति बन्ने निश्चित भएको हो।
जारी मतगणनामा ६० वर्षीय राइसीले २ करोड ८६ लाख भोट गणना भएकोमध्ये १ करोड ७८ लाख भोट प्राप्त गरेको त्यहाँका गृहमन्त्रीले बताएका छन्।
मतगणना सकिन लाग्दा वर्तमान राष्ट्रपति हसन रुहानीले नयाँ राष्ट्रपति चुनेकोमा सबै मतदातालाई धन्यवाद दिएका छन्। उनी दुई कार्यकाल राष्ट्रपति बनेर बिदा हुन थालेका हुन्।
इरानका सर्वोच्च नेता अली होसेनी खामेनीका चेला मानिने राइसी दक्षिणपन्थी विचारक रुपमा परिचित छन्। उनीसँग ४ जना उम्मेदवारी चुनावी मैदानमा थिए।