बागमती प्रदेश सभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ।
सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजित बजेट ,राजश्व र आयव्ययमाथि छलफल हुने बताइएको छ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए।
उनले बुधबार बिहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए।
प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व संकलन, आय-व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।रासस