लुम्बिनी प्रदेश सभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ।
नवौं अधिवेशनको पाँचौं बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो।
मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौं अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक-पटक स्थगन हुँदै आएको छ।
आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरूद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो।
भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगन भएको थियो। रासस