प्रदेश नं १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गतेदेखि सुरू हुने भएको छ।
संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। रासस