नवजोतसिंह सिद्धुले भारतीय कंग्रेसको पन्जाब कमिटी अध्यक्षबाट राजीनामा दिएका छन्।
उनले मंगलबार कंग्रेस आईकी अध्यक्ष सोनिया* गान्धीलाई राजीनामा पत्र बुझाएको बिबिसी हिन्दीले जनाएको छ।
अध्यक्षबाट राजीनामा दिए पनि आफू पार्टीको सेवामा रहिरहने सिद्धुले जनाएका छन्।
‘सम्झौताका कारण मानिसको विवेकको पतन हुन्छ। म पन्जाबको भविष्य र पन्जाबीको हितका लागि कहिल्यै पनि सम्झौता गर्न सक्दिनँ। यही कारणले म पन्जाब प्रदेश कंग्रेस कमिटीको अध्यक्षबाट राजीनामा दिन्छु। म कंग्रेसको सेवा गरिरहने छु,’ सद्धुको राजीनामा पत्रमा लेखिएको छ।
पन्जाबका पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले सिद्धुको आलोचना गर्दै आएका थिए।
'मैले भनेकै थिएँ... उनी स्थिर व्यक्ति होइनन् र पन्जाबजस्तो सीमा जोडिएको (पाकिस्तानसँग) राज्यको लागि ठिक व्यक्ति होइनन्,' सिद्धूले राजीनामा दिएपछि सिंहले ट्विटरमार्फत् भनेका छन्।
*सच्याइएको