प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन्।
बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो।
बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि गरेका छन्।
उनले ट्विटमा लेखेका छन्, 'साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलका लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।'