जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ।
यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए। चुनावमार्फत उनले आफ्नो कोभिड-१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको समर्थन खोजेका छन्।
४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन्।