संघीय संसद संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिको आजको बैठकले भारतका लागि प्रस्तावित शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ-आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरूका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए।