नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ।
आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रिय सभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ।
गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो।