राष्ट्रिय सभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव भरतराज गौतमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो।