नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ।
उनले यही पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
उनी हाल बालाजुस्थित १ नं बाहिनीपतिका रूपमा कार्यरत छन्।
प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ। हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरूवा भएको छ।