धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्यायाधीवक्तामा नियुक्त भएका छन्।
आज उच्च अदालत पाटन इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरेका हुन्।
त्यसैगरी, मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधीवक्तालाई शपथ गराए।