गृह मन्त्री बालकृष्ण खाणले विद्यार्थी संगठनले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस, बिडिएस र बिएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्।
सात विद्यार्थी सङ्गठनले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका छन्।
ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंलगायत विद्यार्थी संगठन थिए।
मन्त्री खाणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गरेका थिए।
विद्यार्थी संगठनले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस, बिडिएस र बिएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्यादति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन्।