अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने भएको छ।
राष्ट्रपति जो बाइडनले कठिन अवस्थामा रहेको युक्रेनलाई थप हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायतका युद्व सामाग्री सहयोग गर्न लागेको जानकारी दिएका छन्।
गत फेब्रुअरी २४ मा रुसी हमला भएयता अमेरिकाले तीन अर्ब डलरभन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकेको छ।