प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बाेले जंगी अड्डामा भेटवार्ता गरेका छन्।
सो अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर जनरल गोफ्री डि लरौजिरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।