मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
मिटरब्याजीविरूद्ध सङ्घर्ष समितिको ज्ञापनपत्र आइतबा। बुझ्दै मुख्यमन्त्री राउतले मिटरब्याजीहरू कानुनी दायरामा आउन नसक्दा विकृति बढेको बताए।
मिटरब्याजीबाट पीडित भएकाको समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको र मिटरब्याजीविरूद्ध कडा कदम चाल्ने उनले बताए।
मिटरब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको भन्दै मुख्यमन्त्री राउतले यसलाई कानुनी रूपमा नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्ने उल्लेख गरे।
'मिटरब्याजबाट पीडित भएकाको समस्याप्रति हामी गम्भीर छौं,' मुख्यमन्त्री राउतले भने, 'प्रहरी प्रशासन प्रदेश सरकारको मातहत नहुँदा ठोस कदम चाल्न सकिएको छैन। तर अब चाँडै समस्या समाधान गर्छौं। तपाईंहरू ढुक्क हुनुस्।'
संघर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका पीडितहरूले मुख्यमन्त्री राउतलाई विभिन्न सातबुँदे ज्ञापनपत्र बुझाएका थिए।