विभिन्न राजनीतिक दलका नेताहरूले देशको सिमानालाई व्यवस्थित गर्दै सुरक्षा व्यवस्था मजबुत पार्न आग्रह गरेका छन्।
काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिए। नेपालले आफ्नो सिमानाको सुरक्षा राम्रोसँग गर्नुपर्ने उनले उल्लेख गरे।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले विश्वका सबै मुलुकका सिमाना नियन्त्रित र व्यवस्थित रहेको उल्लेख गर्दै नेपालले पनि आफ्नो सिमाना व्यवस्थित राख्नुपर्नेमा जोड दिए।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। छिमेकीसँगको सीमा विवादको विषयलाई जतिसक्दो चाँडो टुंग्याउनुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले राष्ट्रियता माथि प्रहार हुँदा सबै मिलेर जोगाउनुपर्ने बताए।