उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेन्डा लिएर चुनवाका लागि जनताकहाँ जान लागेको बताएका छन्।
उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको बताए।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक संकट तथा भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जान तयार भएको बताएका हुन्।