वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटनको ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत गरेका छन्।
मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवर्द्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी इआइए स्वीकृत गरेका हुन्।
इआइए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो।
मन्त्री यादवले इआइए स्वीकृत गरेपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ।
मन्त्री यादवले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका इआइए स्वीकृत गरेका मन्त्रालयले जनाएको छ।