लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ।
लोसपा धनुषा क्षेत्र नम्बर ३ को आज सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए।
बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताए।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित भएका थियो। नेकपा (एमाले) ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ।