सरकारले चिकित्सक डाक्टर गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनसनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा अनसन तोडेर वार्तामा आउन डाक्टर केसीलाई आग्रह गरिएको छ।